Saturday, March 7, 2015

नारी दिवस



आज पनि सुर्य पुर्व बाटै उदायो

बिहानै उठे, कुच्चो लगाए
बूईंगल देखि दलान पोते
पुजा पाठ सकि 
चिया बसाले
हतारो पर्न आट्यो, दाल चामल निफ्फन्न कसे

उहाँ उठ्नु भयो
पत्रिका पल्टाउँदै, खोई तातो पानी भन्नुभयो
हतार हतार पुर्याइ आए
चिया ले भन्नुभयो

हस् भनि भान्छा कुद्न आटे
एकछिन भनि फेरी रोक्नु भयो
हजुर भनि अल्झिए, नारी दिवस रे, ल तलाईं शुभकामना ।

म हाँसे अनि चिया टक्र्याए 
के नयाँ भयो...
आज पनि सुर्य पुर्वबाटै उदायो ।  







3 comments: